| |

Places

Last updated on 2017-07-14

काठमाडौ उपत्यका

नेपालको मध्यपहाडीक्षेत्रमा चारैतिर पहाडले घेरेको समुद्र सतहदेखि १३३७ मिटर उचाइमा रहेको समथर भूभागमा नेपालदूत अवस्थित छ ।यहाँ समशीतोष्ण हावापानी पाइन्छ । काठमाडौँ नेपालको राजधानी भएकोले यहाँ जनसङ्ख्याको चाप अत्यधिक छ । यस मुलुकको राजधानी रहेको स्थानको रूपमा भन्दा प्राचीनकालको इतिहास बोकेको मन्दिरै–मन्दिर र चाडपर्वहरूको बाहुल्य भएको स्थानको रूपमा लिनुपर्दछ ।

तिब्बतबाट आएका महामञ्जूश्रीले ठूलो तलाउ रहेको स्थानमा वरदा र मोक्षदा भन्ने शक्ति स्थापना गरी चोभारडाँडा काटेर पानी बाहिर पठाई सुन्दर शहरको सिर्जना गरेर काठमाडौँ नगरको निर्माण भएको हो भन्ने किंवदन्ती रहेको छ ।यस उपत्यकामा रहेका काठमाडौँ दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भुस्तुप, बौद्धस्तुप र चाँगुनारायण मन्दिरसमेतका ख्यातिप्राप्त ऐतिहासिक स्थलहरू विश्व सम्पदासूचीमा समेत परेका छन् ।काठमाडौँ उपत्यकालाई खुल्ला सङ्ग्रहालयको रूपमा नै लिन सकिन्छ ।काठमाडौँमा २० कि.मि.को दूरीमा विश्वसम्पदा सूचीमा परेका ७ वटा सम्पदाहरू रहेका छन् ।यी सम्पदाहरूको उपस्थितिले काठमाडौँ उपत्यकालाई विश्वप्रसिद्ध शहरको रूपमा स्थापित गरेको छ ।

पोखरा

पोखरा पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम हो ।गण्डकी अञ्चलको कास्की जिल्लामा पर्ने पोखरा शहरलाई नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटन केन्द्रको रूपमा र देशको पर्यटन राजधानीको रूपमा लिने गरिन्छ ।फेवाताल र बेगनास तालजस्ता प्रसिद्ध तालहरू, माछापुच्छ्रे हिमालको दृश्य, विन्ध्यवासिनीको मन्दिर, शहरको बीचबाट साँगुरो र गहिरो भएर बगेको सेती नदी, महेन्द्र गुफा र डेबिड फल (छाँगो) आदिलाई पोखराका महत्वपूर्ण दर्शनीय स्थलको रूपमा लिने गरिन्छ ।पोखरी भएरै अहिले पोखरा भनिन्छ ।यसको संस्कृत नाम धवलस्रोतपुर थियो ।

बढी पानी पर्ने भएकोले पोखरालाई नेपालको चेरापुञ्जी पनि भनिन्छ ।पोखरालाई सिद्धार्थ राजमार्गले तानसेन तथा बुटवलसित र पृथ्वी राजमार्गले मुगलिङ तथा काठमाडौँसँग जोडेको छ ।मुगलिङबाट नारायणगढ हुँदै नेपालका पश्चिम एवं पूर्वी तराईका अरू शहरहरूसँगको सडक सम्पर्क पनि कायम भएको छ ।

जनकपुर

जनकपुरलाई प्राचीन मिथिला राज्यको राजधानीको रूपमा लिइएको छ ।यहाँ रहेका सम्पूर्ण मानिसहरू प्राय: मैथिली भाषा बोल्छन् र यहाँ मैथिली साहित्यको विकास भएको पाइन्छ ।जनकपुरमा मैथिली भाषाका कवि विद्यापति कोकिलको शालिक पनि रहेको छ । हिन्दू नारीको आर्दशको रूपमा रहेका सीताको जन्मथलोको रूपमा जनकपुर ख्याति प्राप्त छ ।यस पवित्र स्थलमा विवाह पञ्चमीका दिन नेपाल तथा भारतका धर्मावलम्बीहरू जनकपुर धामको परिक्रमा गर्दछन् ।

जानकी मन्दिरको दर्शनको लागि ठूलो मेला लाग्ने गर्दछ ।विवाह पञ्चमीमा जानकी मन्दिरमा हिन्दू धर्मात्माहरूको ठूलो भीड लाग्दछ ।स्वदेशका मात्र नभई विदेशबाट पनि यहाँ ठूलो सङ्ख्या मा धर्मात्माहरूको रामजानकीको दर्शन गर्न आउने र मिथिलाको यात्रापथमा यात्राको साथसाथै प्रदक्षिणा गर्ने गर्दछन् ।जनकपुरको जानकी मन्दिर एउटा प्रख्यात र मुख्य धार्मिक रूपमा रहेको छ ।जानकी मन्दिरको साथसाथै यस क्षेत्रमा अरू विभिन्न पवित्र धार्मिक स्थलहरू छन् ।धनुषा सागर र रत्नसागर आदि पवित्र तीर्थहरूलाई पनि जनकपुरका सांस्कृतिक धरोहरको रूपमा लिइन्छ ।

चितवन

चितवन वन्यजन्तु संरक्षण क्षेत्रको रूपमा चितवनलाई लिइएको छ ।यहाँ दुर्लभ वन्यजन्तु एवं चराचुरूङ्गी रहेका छन् ।एक सिङ्गे गैडा, बंगाली बाघ र हात्तीलाई दुर्लभ जनावरहरूका रूपमा लिइन छ ।यो स्थान वन्यजन्तु अध्ययन गर्ने अनुसन्धान कर्ताहरू र वन्यजन्तु अवलोकन गर्न रुचाउने पर्यटकहरूको मुख्य थलो हुन गएको छ ।

लुम्बिनी (भगवान बुद्धको जन्मस्थल)

लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थलको रूपमा विश्वभर प्रख्यात छ ।लुम्बिनी नेपालमात्र होइन विश्वकै लागि पवित्र तीर्थ धाम हो । इशापूर्व ६२३ मा चुरेको काख स्थल समथर भूभागमा बुद्धको जन्म भएको भन्ने प्रमाणित छ ।प्रख्यात चीनियैा धार्मिक यात्रु हुयान साङ्ग र फाइह्यानले पनि बुद्ध जन्मे पृथ्वीको स्वर्गको रूपमा लिन सकिन्छ ।यस ठाउँमा अत्यन्त सुन्दर मन्दिरहरू र पहाडहरू छन् भनेर यस क्षेत्रको वर्णन गरेका थिए ।राणा प्रधानमन्त्री वीर शम्शेरका भाइ खड्ग शम्शेरले आफँ बसेर उत्खनन गराइरहेको समयमा सोत्व ठाउँमा पुगेका भारतीय पुरातत्वि सर्वेक्षण विभागका एक पुरातत्वविद् जर्मन नागरिक डा. फुहररले उक्त स्थानमा कुँदिएको फोटो खिचेर लिएका र भारतमा फर्केर आफ्नो प्रतिवेदन प्रकाशित गराएका थिए । लुम्बिनीमा रहेको अशोक स्तम्भ लेखेको लेखेको अध्ययनले बुद्धको जन्मस्थल यही हो भन्ने निश्चित रुपले भन्न सकिन्छ। राजा अशोक आफ्नो गद्दी आरोहणको बीसैां वार्षिकोत्सव मनाउन लुम्बिनी आएका थिए र लुम्बिनीमा स्तम्भ खडा गरेका थिए ।

अशोक स्तम्भमा ब्राहमी लिपिमा प्राकृत भाषामा अभिलेख कुदिएको छ ।बुद्धको जन्मस्थानका चारैतिर त्यसवेलाका पुरातात्तिवक महत्वका भग्नावशेष तथा मण्डलहरू यत्रतत्र छरिएका छन् ।लुम्बिनीमा रहेको मायादेवीको मन्दिरमा मायादेवीले रूखको हाँगा समाती बुद्धलाई जन्मदिएको र जन्मनासाथ सातपाइला हिँडेको दृश्य अङ्कित मूर्ति रहेको छ । बुद्ध जन्मेर पाइला टेक्नुअगाडि नै कमलको फूल उत्पत्ति भएको मान्यता छ । हालसालै लुम्बिनी विकास कोष र जापानका विशेषज्ञद्वारा संयुक्तरूपले मायादेवी मन्दिर रहेको स्थानमा उत्खनन् कार्य गरियो ।त्यसक्रममा बुद्धको जन्म भएको ठाउँको चिनोको रूपमा राखिएको शिला प्राप्त भएको र मायादेवीको शयन मुद्राको फोटोको साथमा राहुल र सिद्धार्थ गौतमको चित्रसमेत रहेको टेराकोटाको मूर्ति पाइएको ले लुम्बिनीलाई बुद्धको जन्मस्थल हो भन्ने कुराको निश्ति रूपले प्रमाणित भएको छ । प्रयाप्त प्रमाण प्राप्त भएको छ ।बुद्ध जन्मस्थलको चिनोको रूपमा प्राप्त प्रस्तर र त्यस परिसरका पुरातात्तिवक क्षेत्रहरूलाई संरक्षण गर्न यथास्थितिमा संरक्षित गरी राख्न सुन्दर मायादेवी मन्दिरको निर्माण गरिएको छ ।भविष्यमा यस स्थानमा अनुसन्धानकर्ताहरूलाई पुरातात्तिव अध्ययन गर्न मद्दत पुग्ने छ ।

विस्तृत जानकारी
[स्रोत: सूचना विभाग ]