| |

Culture

Last updated on 2017-07-14

नेपालको संस्कृति

प्राचीन कालदेखि नै नेपाल विभिन्न धर्म मान्ने मानिसहरूको बसोबास गर्ने थलो हो ।नेपालमा मुख्यतया सनातन धर्म र बौद्ध धर्मको बाहुल्य रहेको छ ।यी बाहेक इस्लाम, इसाई, किराँत, वहाव, शीखलगायत अन्य धर्मावलम्वीहरू पनि उत्तिकै स्वतन्त्र रूपमा रहेका छन् ।सनातन धर्मअन्तर्गत शैव, वैष्णव, शाक्त, सौर्य आदि धर्म पर्दछन् भने बौद्ध धर्ममा हीनयान, महायान, वज्रयान, तन्त्र तथा मन्त्रयान, सहजयान तथा लामा वोन्पो आदि पर्दछन् ।

यी धर्महरू समयानुसार विभिन्न सम्प्रदाय तथा उप-सम्प्रदायमा परिमार्जित हुँदै गएको पाइन्छ ।नेपाली समाजमा प्रकृति, पितृ तथा अदृश्य शक्तिको पूजा गर्ने प्रचलन पनि रहेको छ ।पश्चिम नेपालमा मष्टो, पूर्वी पाहाडमा चण्डी देवी, तराईमा संसारीमाई । हिमाली क्षेत्रमा सनातन बौद्ध जनमानसको आस्था र विश्वास रहेको पाइन्छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसाँस्कृतिक विशिसतायुक्त देश हो, यहाँ साँस्कृतिक विविधताभित्र एकता पाइन्छ ।यहाँका विविध सँस्कृतिहरूबीच परापूर्वकालदेखि नै अपूर्व मेल रहिआएको छ ।साँस्कृतिक बहुलवादको सिद्धान्तबाट प्रेरित संस्कृति भएकोले यहाँ साँस्कृतिक सम्बन्धको पनि आदानप्रदान भएको पाइन्छ ।

नेपाललाई साझा सँस्कृतिको विकास भएको मुलुक भनी सगौरव भन्न सकिन्छ ।

विस्तृत जानकारी
[स्रोत: सूचना विभाग ]