उपलब्धता  |  साइट सूची   Register
नागरिक   >>   रोजगारी   >>   रोजगारी आदानप्रदान

वैदेशिक रोजगार ऐन २०६४

बैदेशिक रोजगार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन प्रस्तावनाः वैदेशिक रोजगार व्यवसायलाई पर्रवर्द्धन गर्दै सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हक हितको संरक्षण गर्नको लागि वैदेशिक रोजगार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले, व्यवस्थापिका संसदले यो ऐन बनाएको छ।

परिच्छेद:-१ प्रारम्भिक १. संक्षिप्त नाम, विस्तार र प्रारम्भः
(१) यस ऐनको नाम "वैदेशिक रोजगार ऐन, २०६४" रहेको छ। (२) यो ऐन नेपालभर लागू हुनेछ र कसैले नेपालबाहिर बसी यस ऐन विपरीतका कार्य गरेमा निजको हकमा समेत यो ऐन लागू हुनेछ। (३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ। २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनम:-
(क) "वैदेशिक रोजगार" भन्नाले कामदारले विदेशमा पाउने रोजगार सम्झनु पर्छ।
(ख) "कामदार" भन्नाले वैदेशिक रोजगार पाउने नेपाली नागरिक सम्झनु पर्छ।
(ग) "वैदेशिक रोजगार व्यवसाय" भन्नाले नेपाली नागरिकलाई विदेशमा रोजगारी उपलब्ध गराउन सञ्चालन गरेको व्यवसाय सम्झनु पर्छ।
(घ) "विभाग" भन्नाले वैदेशिक रोजगार विभाग सम्झनु पर्छ।
(ङ) "संस्था" भन्नाले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न प्रचलित कम्पनी ऐन बमोजिम स्थापना भएको संस्था सम्झनु पर्छ।
(च) "इजाजतपत्र" भन्नाले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न दफा १० बमोजिम दिइएको इजाजतपत्र सम्झनु पर्छ।
(छ) "इजाजतपत्रवाला" भन्नाले दफा १० बमोजिम इजाजतपत्र प्राप्त संस्था सम्झनु पर्छ।
(ज) "सेवाशुल्क" भन्नाले वैदेशिक रोजगार व्यवसायीले कामदार विदेश पठाए बापत लिने रकम सम्झनु पर्छ।
(झ) "कार्यकारी निर्देशक" भन्नाले दफा ४१ बमोजिमको कार्यकारी निर्देशक सम्झनु पर्छ।
(ञ) "रोजगारदाता संस्था" भन्नाले कामदारलाई विदेशमा रोजगारी उपलब्ध गराउने विदेशस्थित संस्था सम्झनु पर्छ।
(ट) "बोर्ड" भन्नाले दफा ३४ बमोजिम गठित वैदेशिक रोजगार पर्रवर्द्धन बोर्ड सम्झनु पर्छ।

श्रम सहचारी" भन्नाले दफा ५९ बमोजिम नियुक्त श्रम सहचारी सम्झनु पर्छ र सो शब्दले विदेशस्थित कुटनैतिक नियोगमा नेपाली कामदारको हित पर्रवर्द्धनको जिम्मेवारी तोकिएको अधिकृत कर्मचारी समेतलाई जनाउँछ।(ड) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस ऐन अर्न्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।परिच्छेद-२ वैदेशिक रोजगार सम्बन्धी व्यवस्था ३. वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न मुलुक तोक्नेः(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाउने मुलुक तोक्नेछ।(२) उपदफा (१) बमोजिम तोकिएका मुलुकमध्ये नेपाल सरकारले कुनै मुलुकमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने गरी खास समयको लागि स्थगन गर्न सक्नेछ। ४. द्विपक्षीय सम्झौता गर्न सक्नेः वैदेशिक रोजगारमा नेपाली कामदार गएका वा जान सक्ने सम्भावना भएका विदेशी मुलुकसंग नेपाल सरकारले द्विपक्षीय श्रम सम्झौता गर्न सक्नेछ। ५. संस्थाको छनौटः (१) कुनै विदेशी मुलुक वा रोजगारदाता संस्थाबाट नेपाल सरकारलाई कामदार छनौट गरी पठाउन अनुरोध भई आएमा नेपाल सरकारले खुल्ला प्रतिस्पर्धाका आधारमा इजाजतपत्रवाला संस्था छनौट गरी त्यस्तो संस्था मार्फत कामदार पठाउन सक्नेछ।(२) उपदफा (१) बमोजिम छनौट भएको संस्थाबाट विभागले थप नगद धरौटी वा बैङ्क ग्यारेण्टी माग गर्नेछ।(३) उपदफा (१) बमोजिम संस्था छनौट गर्ने आधार र कार्यविधि तोकिए बमोजिम हुनेछ।६. सन्धि वा सम्झौता गरी कामदार पठाउन सक्नेः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपालसँग कूटनैतिक सम्बन्ध कायम गरेका मुलुकको सरकारसँग सन्धि वा सम्झौता गरी नेपाल सरकारको कुनै कार्यालय, निकाय वा नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्थामार्फत त्यस्तो मुलुकमा कामदार पठाउन सक्नेछ।(२) उपदफा (१) बमोजिम नेपाल सरकारले कामदार पठाउँदा अपनाइने प्रक्रियालाई व्यवस्थित, प्रतिस्पर्धी र पारदर्शी बनाउनको लागि नीति निर्माण तथा आवश्यक अन्य व्यवस्था गर्न देहाय बमोजिमको एक निर्देशक समिति रहनेछ। (३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

वैदेशिक रोजगार नियमावली , २०६४

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएकोछ। परिच्छेद -१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (१) यी नियमहरुको नाम "वैदेशिक रोजगार नियमावली, २०६४" रहेकोछ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ। २. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमाः-

(क) "ऐन" भन्नाले वैदेशिक रोजगार ऐन, २०६४ सम्झनुपर्छ।
(ख) "करार भन्नाले रोजगारदाता संस्था वा निजको प्रतिनीधि र कामदार तथार् इजाजतपत्रवाला र कामदार बीच कामदारको सेवा, शर्त तथा पारिश्रमिक दुवै पक्षले पालना गर्नु पर्ने शर्तको वारेमा भएको करार सम्झनुपर्छ।
(ग) "कोष" भन्नाले ऐनको दफा ३२ वमोजिम स्थापना भएको वैदेशिक रोजगार कल्याणकारी कोष सम्झनु पर्छ।
(घ) "न्यायाधिकरण" भन्नाले ऐनको दफा ६४ वमोजिम स्थापना भएको वैदेशिक रोजगार न्यायाधिकरण सम्झनु पर्छ।
(ङ) "मागपत्र" भन्नाले कामदारको संख्या, किसिम, योग्यता, कामदारले पाउने पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरु उल्लेख गरी रोजगारदाता संस्थाले इजाजतपत्रवालालाई पठाएको मागपत्र सम्झनु पर्छ।
(च) "सञ्चालक" भन्नाले संस्था वा इजाजतपत्रवालाको सञ्चालक सम्झनु पर्छ र सो शब्दले वैकल्पिक सञ्चालक समेतलाई जनाउँछ।संस्था वा कामदार छनौट गर्ने समबर्न्धी व्यवस्था

१.संस्थाको छनौट गर्ने आधारः ऐनको दफा ५ बमोजिम नेपाल सरकारलाई कामदार छनौट गरी पठाउन अनुरोध भई आएमा नेपाल सरकारले अनुसूची-१ मा तोकिएको आधारमा संस्थाको छनौट गरी त्यस्तो संस्था मार्फ कामदार पठाउन सक्नेछ।

२.संस्थाको छनौट गर्ने कार्य बिधि:- (१) नेपाल सरकारले नियम ३ मा उल्लिखित आधारमा खुल्ला प्रतिस्पर्धाद्वारा संस्था छनौट गर्ने प्रयोजनका लागि देहायको विवरण खुलाई राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा पन्ध्र दिनको म्याद दिई सूचना प्रकाशन गर्नु पर्नेछः- (क) कामदार पठाउने विदेशी मुलुक र रोजगारदाता संस्थाको नाम, (ख) कामदारको माग संख्या, (ग) संस्था छनौट गर्ने आधार, (घ) दरखास्तसाथ पेश गर्नु पर्ने विवरण, (ङ) दरखास्त दिने स्थान। (२) उपनियम (१) बमोजिम प्रकाशित सूचना अनुसार प्राप्त हुन आएका दरखास्तहरूमध्येबाट नियम ३ मा उल्लिखित प्रत्येक आधार बमोजिम अङ्कभार कायम गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने संस्था छनौट गर्नु पर्नेछ। ५. सन्धि वा सम्झौतैता गरी कामदार पठाउँदा छनौट गर्नेर् मापदण्ड र प्र्रिक्रियाः ऐनको दफा ६ बमोजिम नेपाल सरकारले नेपालसँग कुटनैतिक सम्बन्ध कायम गरेका मुलुकको सरकारसँग सन्धि वा सम्झौता गरी कामदार पठाउने प्रयोजनका लागि आवश्यक व्यक्तिहरूको छनौट गर्दा त्यस्तो सन्धि वा सम्झौतामा उल्लेख गरिएका कुराहरूको हकमा सोही बमोजिम र उल्लेख नभएका कुराहरूको हकमा देहायका मापदण्ड र प्रक्रिया पूरा गरेका व्यक्तिहरूमध्येबाट छनौट गर्नु पर्नेछ।

विस्तृत जानकारी
[स्रोत: वैदेशिक रोजगार विभाग]

अद्यावधिक भएको अन्तिम मिति : १७/०४/२०१५