उपलब्धता  |  साइट सूची   Register
नेपाल बारे   >>   भूगोल

नेपालको भूगोल

नेपाल एउटा सानो, भूपरिवेष्ठित, पहाडै पाहाड भएको, दुई ठूला राष्ट्र भारत र चीनको बीच अवस्थित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतापूर्ण भौगोलिक बिशेसता युक्त स्बतन्त्र, अटल एवं अखण्ड राष्ट्र हो । भौगोलिक रुपमा नेपाल २६० २२” उत्तर देखी ३०० २७” उत्तर अक्षाशं र ८०० ४” पूर्व देखी ८८० १२” पूर्वी देशान्तरभित्र दक्षिण एशियाको भारतीय उपमहादीप एवं सार्क क्षेत्र (दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन) भित्र अवस्थित र मकर रेखाभन्दा उत्तरतिरको समशीतोष्ण भूमागसम्म पूर्व पश्चिम करीब (सरदर) ८८५ कि मी र उत्तर दक्षिण १९३ कि मी क्षेत्रमा करीब १,४७,१८१ वर्ग कि मी मा फैलिएको छ र नेपालले पृथ्वीको कुल भूमिको ०.०३ प्रतिशत र एशियाको कुल भूमिको ०.३ प्रतिशत भाग ओगटेको छ । भौगोलिक अवस्थाको आधारमा नेपाललाई सामान्यता तीन भाग हिमाल, पाहाड, तराई क्षेत्र (समतल भूमि मा बाँड्न सकिन्छ । धरातलीय रुपमा यस राष्ट्रमा समुद्र सतहबाट करीब ७० मीटरमा अवस्थित कचनाकलन, झापा (सबैभन्दा होचो भाग) र संसारको सर्वोच्च स्थल समुद्र सतहबाट ८८४८ मिटरको उचाइमा रहेको सगरमाथा छ ।

विस्तृत जानकारी
[स्रोत: सूचना विभाग ]

अद्यावधिक भएको अन्तिम मिति : १७/०२/२०१६