उपलब्धता  |  साइट सूची   Register
नागरिक   >>   मनोरंजन   >>   होटेल रेस्टुराँ

होटल रेष्टुरेन्ट

बासको सुविधा

नेपालमा अन्तरराष्ट्रियस्तरका तारे होटलदेखि बजेट होटल र लजहरूसम्मका सबै खाले खानेबस्ने सुविधाहरू पाइन्छन् । गुणस्तरीय सेवा पाउनका लागि सरकारमा दर्ता भएका होटलहरू, लजहरू र पाहुनाघर अर्थात् होमस्टेहरू बढी उपयुक्त हुन्छन् । सबै होटलहरूले विभिन्न विकल्पहरू जस्तै सुत्ने र बिहानको खाना र कुनै एक खाना अर्थात् सिंगै कोठा दिन सक्छन् । शरद र बसन्त ऋतुहरूमा यी होटलहरू झण्डै पूर्ण क्षमतामा सञ्चालनमा आउँछन् र हप्तौं अघि नै बुकिङ भइसकेका हुन्छन् ।यी दुई ऋतुहरूमा नेपाल भ्रमणमा जानेले वेलैमा होटलबारे जानकारी लिई जाने समय अघि नै बुकिङ गर्न उपयुक्त हुनेछ ।

[स्रोत: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ]

अद्यावधिक भएको अन्तिम मिति : ०४/०७/२०१४