उपलब्धता  |  साइट सूची   Register
नागरिक   >>   मनोरंजन   >>   रात्रि जीवन

रात्रिजीवन / क्लब / क्यासिनो

साधारणतया रात परेपछि शान्त रहने काठमाडौंमा ठमेलका भित्री गल्लीहरू र अरु केही सीमित ठाउँमा विहान उज्यालो हुने बेलासम्म रात्रि जीवन जारी रहन्छ ।यहाँका बारहरू र पवहरू जहाँ पर्यटकहरूले प्रत्यक्ष संगीतको मजा लिन सक्छन्, रात निकै छिप्पिँदासम्म खुला रहन्छन् भने यहाँका डिस्कोथेकहरू तन्नेरी पुस्ताका नेपालीहरू र पर्यटकहरूको रातको दिक्दारीपनलाई हटाइदिन्छन् ।सप्तान्त र सार्वजनिक विदाका दिन विभिन्न ठाउँमा सार्वजनिक पार्टीहरू सञ्चालित हुन्छन् ।

काठमाडौंका विभिन्न ठाउँमा रहेका पाँचतारे होटलहरू र पाँच तारे विशिष्टता भएका अन्य क्षेत्रका होटलहरूमा क्यासिनो खेल्ने सुविधा छ ।रहर हुने पर्यटकहरूले यी क्यासिनोहरूमा चौबिसै घण्टा विभिन्न खाले जुवाका खेलहरूको आनन्द लिँदै आफ्नो भाग्य जाँच्न सक्दछन् ।थोरै पैसामा पनि नवआगन्तुक पर्यटकहरूले यी ठाउँहरूमा खेल खेल्न र सिक्न सक्छन् ।यी क्यासिनोहरूमा अमेरिकी डलर, भारतीय रूपैंयाँ, नेपाली रूपैंयाँ, ट्राभल चेक र प्रमुख क्रेडिट कार्डहरू स्वीकारिन्छ ।

[स्रोत: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय]

अद्यावधिक भएको अन्तिम मिति : ०४/०७/२०१४