उपलब्धता  |  साइट सूची   Register
नागरिक   >>   मनोरंजन   >>   शपिङ मल

नेपालमा हस्तकलाका सामान र अरू उपहारका सामाग्रीहरूको खरिद गर्नु पनि एउटा सुखद अनुभुति हुन्छ । यहाँका प्रत्येक पसलहरूमा सर्वोत्कृष्ट हस्तकलाका सामानहरू छनौंट गर्ने अवसर पाइन्छ । उत्कृष्ट कलाकारिता र राम्रा गुणका कारणले नेपाली हस्तकलाका सामानहरू प्राचीन समयदेखि नै विश्वविख्यात छन् । यहाँ पर्यटकहरूले किन्ने प्रमुख बस्तुहरूमा हातले बुनेका बुट्टेदार ऊनी गलैंचा, गहना, पस्मिनाको मजेत्रो, ऊनी कपडा, बुट्टा भरेका अरू कपडा, थाङ्का कला, काष्ठ कला, मुर्ति, घर सिगार्ने सामान, माटाका भाडा, पहाडे कागजले बनेका प्याड, क्यालेण्डर र बत्तीको ढकनी प्रमुख हुन् ।चिया र मसला पनि घर फर्कने पर्यटकका लागि राम्रा उपहारहरू हुन्छन् ।

केही मुख्य सपिङ मल र व्यापारिक केन्द्रका सूची

  • सिटी सेन्टर, कमलादी
  • भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर, भाटभटेनी, बौद्ध, महाराजगञ्ज, पुल्चोक, कंलकी, अनामनगर, कोटेश्वर
  • केएल टावर एण्ड मल्टिकम्प्लेक्स, चाबहिल
  • सिभिल मल, सुन्धारा
  • हेण्डिक्राफ्ट स्टोर्स, ठमेल, न्यूरोड र बसन्तपुर, भक्तपुर, पाटन जस्ता विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरू

[स्रोत: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय]

अद्यावधिक भएको अन्तिम मिति : १०/०७/२०१५