उपलब्धता  |  साइट सूची   Register
नागरिक   >>   स्वास्थ्य   >>   अन्य स्वास्थ्य सेवा   >>   सुधार केन्द्र

आसरा सुधार केन्द्र

वि.सं. २०५४ साल असारमा काठमाडौं उपत्यका भित्र विभिन्न प्रकारका आपराधिक गतिविधि बढ्दै गएको कारण नेपाल प्रहरीले त्यस्ता प्रकारका क्रियाकलापमा सम्बद्ध २७२ जना यूवाहरूलाई पक्राउ गरी छानविन गर्दा १११ जना युवाहरू लागू औषध दुर्व्यसनमा फसेको पाइयो। उक्त दुर्व्यसनमा फसेका समूहलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने लक्ष्य लिई नेपाल प्रहरीको पहल कदमीमा २०५४ साल आषाढ १ गते "लागू औषध दुर्व्यसनी सुधार शिविर" स्थापना भएको थियो। विभिन्न बाधा र अड्चनको वावजूद नेपाल प्रहरीले उक्त समूहलाई ३ महिनासम्म निःशुल्क उपचार गरेको थियो। संधै नेपाल प्रहरीबाट उक्त शिविर संचालन गर्न मुश्किल पर्ने भएबाट सो शिविर २०५४ साल आश्विन १ गतेदेखि केन्द्रीय प्रहरी परिवार महिला संघलाई हस्तान्तरण भई उक्त संघद्वारा संचालन हुंदै आएको थियो। उक्त शिविरको नाममा केही परिवर्तन गरी "आसरा सुधार केन्द्र" नामक एक मुनाफा रहित गैर सरकारी संस्थाको रुपमा २०५५ साल माघ १९ गते संस्था दर्ता ऐन २०३४ अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई २०५७ माघ ३ गते देखि समाज कल्याण परिषदमा र २०६९।०४।११ गते गृह मन्त्रालयमा समेत आवद्ध भई सेवा प्रदान गर्दै आएको छ । 

विस्तृत जानकारी

[स्रोत:नेपाल प्रहरी ]

अद्यावधिक भएको अन्तिम मिति : ३१/०३/२०१६