सम्भावित जोखिमका लागि तयारी अवस्थामा रहने सम्बन्धमा।
जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारी अनुसार मिति २०८३ असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिए अनुसार हाल समेत पनि विभिन्न स्थानहरूमा वर्षा भइरहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।
