Live Update

१ सय मेट्रिक टन खाद्यान्न राहत सामग्री प्रभावित क्षेत्रमा पठाइयो

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संघसंस्था र व्यवसायीहरूसँग समन्वय गरी हालसम्म १ सय मेट्रिक टन खाद्यान्न राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । राहत सामग्री व्यवस्थापनमा विश्व खाद्य कार्यक्रम, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथा विभिन्न व्यवसायीहरुसँग समन्वय गरिएको छ । समन्वयमार्फत चामल, दाल, तेल, प्याकेट खाद्य सामग्री ९बिस्कुट, चाउचाउ, खानेपानीलगायतका खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको हो । यो कार्य मन्त्रालयले निरन्तर गरिरहेको छ ।

१ सय मेट्रिक टन खाद्यान्न राहत सामग्री प्रभावित क्षेत्रमा पठाइयो