Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

देशभर मनसुनी वायुको प्रभाव, आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित छ। यसको प्रभावले हाल देशभर साधारणतया बदली (बादल लागेको) अवस्था छ भने कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसोको मौसम पूर्वानुमान: सामान्य अवस्था: देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भाग: केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भू-भाग: धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। तराई भू-भाग: कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। भारी वर्षाको अलर्ट: कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भाग, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भाग, र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज रातिको मौसम पूर्वानुमान: सामान्य अवस्था: देशभर साधारणतया बदली रहनेछ। पहाडी तथा हिमाली भू-भाग: कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। तराई भू-भाग: देशका तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। भारी वर्षाको अलर्ट: कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। (स्रोत: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा)

देशभर मनसुनी वायुको प्रभाव, आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना