Live Update

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३ को दफा ५३ (संक्रमणकालीन व्यवस्था) बमोजिम प्रज्ञा सभाको गठन तथा अध्यक्ष र उपाध्यक्षको नियुक्ति नभएसम्मका लागि नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठानको काम-कारवाही सञ्चालन गर्न बढीमा तीन महिनाका लागि डा. जनार्दन लामिछानेको संयोजकत्वमा गोपाल बहादुर के.सी., डा. सुनिल कुमार सिंह, डा. बबिता पौडेल, डा. रेश्मा श्रेष्ठ सदस्य रहेको पाँच सदस्यीय अन्तरिम व्यवस्थापन समिति मिति २०८३/०७/११ (माननीय मन्त्रीस्तर) को निर्णयानुसार गठन भएको छ । मिति २०८३ कात्तिक १२ गते बिहान ९ बजे मन्त्रालयमा माननीय मन्त्री महावीर पुनज्यूले समितिमा मनोनित पदाधिकारीहरुलाई मनोनयन पत्र उपलब्ध गराउँदै अध्यादेशको मर्म बमोजिम नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-परिषद्को पुनर्संरचनाका लागि आवश्यक नियमावली तथा विनियमावली मस्यौदा गर्ने, प्राज्ञ सभाको गठन प्रक्रिया अगाडि बढाउने, प्रतिष्ठानको अध्यक्षको निर्वाचन तथा उपाध्यक्षको मनोनयन प्रक्रिया अगाडि बढाउने लगायतका कार्य तत्काल अगाडि बढाउन निर्देशन दिनुभयो। साथै, नास्टी अन्तरिम व्यवस्थापन समितिमा मनोनित संयोजक तथा सदस्यहरुले मन्त्रालय, नास्टी परिवार र सरोकारवालाहरुसँगको समन्वयमा अध्यादेशमा भएको व्यवस्था बमोजिम नास्टीको पुनर्संरचनाको आधारभूत कार्य प्रारम्भ तत्काल सुरु गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन