Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा मौसम सामान्यतया बदली रहने भएको छ । तराईका भू–भागमा भने आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत हुन सक्ने जनाइएको छ । यस्तै, तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि बदली र वर्षाको सम्भावना आइतबार राति हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ । रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । तराईतर्फ पनि वर्षाको सम्भावना कायमै रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । मौसममा बदलीसँगै केही स्थानमा वर्षा र हिमपात हुन सक्ने भएकाले यात्रा, कृषि तथा दैनिक गतिविधि सञ्चालन गर्दा स्थानीय मौसम अवस्थाबारे जानकारी लिएर सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ ।