Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

अत्यन्त जरुरी सूचना: कुलेखानी जलाशय (इन्द्रसरोवर) तल्लो तटीय क्षेत्रका बासिन्दाहरूमा विशेष अनुरोध

आज मिति २०८३/०७/१४ गते दिउँसो १२:०० बजेको रेकर्ड अनुसार कुलेखानी जलाशयको जलसतह १५२८.१५ मिटर पुगेको छ। पानीको बहावका आधारमा आज साँझ ४:०० बजेसम्म जलसतह १५२९.०० मिटर पुग्न सक्ने अनुमान गरिएको छ। जलसतह १५२८.५ मिटर पुगेपछि पूर्वसतर्कता स्वरूप पहिलो साइरन बजाउने र SMS Alerts प्रवाह गर्ने तयारी भइसकेको छ। मौसममा क्रमिक सुधार हुँदै गए पनि जलाधार क्षेत्रमा अप्रत्याशित भारी वर्षा हुन गएमा बाँधको सुरक्षाका लागि मुख्य गेटहरू (Spillway Gates) खोल्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ। तल्लो तटीय क्षेत्र (सिस्नेरी खोला तथा बागमती नदी किनार) का बासिन्दाहरूमा अनुरोध: * आज रात्रिकालीन समयमा उच्च सतर्कता अपनाउनुहोस्। * नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। * स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचना र निर्देशनलाई पालना गर्नुहोस्। गेटहरू खोल्नुपरेमा निर्धारित अवस्था अनुसार दोस्रो र तेस्रो चरणको आपतकालीन साइरन बजाइने र SMS Alert पठाइनेछ। केन्द्रको प्राविधिक टोली हिजो (कार्तिक १३) देखि नै फिल्ड तथा कन्ट्रोल रुममा पूर्ण तयारीका साथ परिचालन भएको छ। तसर्थ, सबैले सतर्कता अपनाऔं, सुरक्षित रहौं र यो सूचना धेरै भन्दा धेरै शेयर गरी सबैमा पुर्‍याउन सहयोग गरौं!