निःशुल्क स्वास्थ्य उपचार सेवा कार्यान्वयनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र निजी स्वास्थ्य संस्था संघ (APHIN), नेपालबीच सम्झौता
नेपालको संविधान, २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको छ। साथै, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७०(घ) बमोजिम अस्पतालहरूले कुल शैह्याको १० प्रतिशत विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ। यस व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा लक्षित वर्गको निःशुल्क उपचार सेवालाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र निजी स्वास्थ्य संस्था संघ (APHIN), नेपालबीच मिति २०८३ मङ्सिर ८ गते माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज्यूको समुपस्थितिमा छलफल भई सम्झौता सम्पन्न भएको छ। यस सहकार्यबाट निजी स्वास्थ्य संस्थामा निःशुल्क उपचार सेवाको पहुँच, प्रभावकारिता र पारदर्शिता अभिवृद्धि भई नागरिकको स्वास्थ्य सेवासम्बन्धी संवैधानिक हक सुनिश्चित गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ। #MoHFS #FreeHealthCare #HealthForAll #EquityInHealth
