बाढीले क्षतिग्रस्त नुवाकोटको पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण सम्पन्न
बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी ६ स्थित पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मतको कार्य सम्पन्न भएको छ । पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गतको सस्पेन्सन बृज डिभिजन, ललितपुरबाट बटारिएको लठ्ठा सिध्याउने, Sag Setting, Hand Rail Cable परिवर्तन तथा नयाँ Steel Deck र Beam जडानको काम सम्पन्न भएको हो । जाली राखेसँगै २ दिनभित्र आवतजावत सूचारु हुनेछ । रसुवा बाढी पछि हालसम्मको प्रगति : १) ४ वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको - इन्द्रेणीचौर र गुम्बाडाँडा जोड्ने त्रिशुली, नुवाकोट, Motorized गरिएको । - देविघाट, विदुर नगरपालिका ५, नुवाकोट। - स्याफ्रुबेँसी-चिलिमे जलविद्युत् आयोजना, गोसाइँकुण्ड गाउँपालिका ५ र ६, रसुवा। - हाकुबेंसी, गोसाइँकुण्ड गाउँपालिका ६ र आमाछोदिङ्मो गाउँपालिका १, रसुवा। २) थप ३ वटा तुइन जडानको तयारी - पैरेबेँसी, उत्तरगया गाउँपालिका ४, रसुवा र किस्पाङ गाउँपालिका ५, नुवाकोट जोड्ने स्थानमा तुइन निर्माणका लागि विवादित स्थलमा सहमति जुटेको। - स्याफ्रुबेँसी-लाङटाङ, गोसाइँकुण्ड गाउँपालिका ३ र ४, रसुवा (माइन एरिया भएकाले स्थान परिवर्तन गर्नुपर्ने)। - रुङ्गा, रसुवा (रेकी भइरहेको)। ३) बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न हुने चरणमा - कालिकास्थान झोलुङ्गे पुल, सिद्धलेक-६, गजुरी १, धादिङ। - मालिङ्गा-मझुवाटार दोभान झोलुङ्गे पुल, सिद्धलेक ३ र बेनीघाट रोराङ ३, धादिङ। - महेशदोभान मास्टर झोलुङ्गे पुल, गल्छी १ र गल्छी ६, धादिङ। - केउरेनी-गहते झोलुङ्गे पुल, बेलकोटगढी ५, नुवाकोट, गल्छी १, धादिङ। - पिमलटार-जागाराम झोलुङ्गे पुल, बेलकोटगढी ७, तारकेश्वर २, नुवाकोट। - चिरौंदी खोला झोलुङ्गे पुल, गल्छी २ र ४, धादिङ। - शीतलबजार-क्यूरेनीटार झोलुङ्गे पुल, गल्छी २ र ४, धादिङ। - बेल्खु–भुतिया झोलुङ्गे पुल, गल्छी २ र ४, धादिङ। - बादरे झोलुङ्गे पुल, गण्डकी ८, गोरखा, बेनीघाट रोराङ गाउँपालिका ५, धादिङ। - महादेवस्थान झोलुङ्गे पुल, गल्छी २ र ४, धादिङ। - फोस्रेटार झोलुङ्गे पुल, बेलकोटगढी ५, नुवाकोट, गल्छी १, धादिङ। - जिलिङ झोलुङ्गे पुल, बेलकोटगढी ८, नुवाकोट। - धवादीघाट झोलुङ्गे पुल, गण्डकी–७, गोरखा, बेनीघाट रोराङ गाउँपालिका-७, धादिङ। ४) बाढीबाट क्षतिग्रस्त बाँकी ७ वटा झोलुङ्गे पुलको मर्मत कार्य सुरु भएको - आवश्यक स्टिल पार्ट्स खरिदका लागि टेन्डर भइसकेको। ५) झोलुङ्गे पुल मर्मतका लागि आवश्यक स्टिल पार्ट्सको व्यवस्थापन - पहिलो चरणमा आवश्यक स्टिल पार्ट्सको खरिद सम्पन्न भएको। - दोस्रो चरणमा आवश्यक स्टिल पार्ट्स खरिदका लागि सम्झौता भएको। ६) बाढीबाट पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुलको पुनर्निर्माण - ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्ने कार्य अन्तिम तयारीमा रहेको।
