Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ, १८ कात्तिकः सात वटा समस्याग्रस्त सहकारीले १२२ जनाको बचतकर्ताको बचत रकम फिर्ता गरेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार नेपाल सहकारी वित्तिय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीले २३ जनाको पूर्ण बचत फिर्ता गरेका छन् । त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले ९९ जनाको बचतकर्ताको आंशिक बचत रकम फिर्ता दिएका हुन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयकाअनुसार सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । आगामी दिनमा पनि बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरी रकम फिर्ता गरिने जानकारी दिइएको छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर रुपमा सञ्चालन भइरहेको छ ।

समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता