बेपत्ता आफन्तको खोजीमा डीएनए परीक्षण: नेपाल प्रहरीले माग्यो बाबु, आमा, छोरा वा छोरीको नमुना
मिति २०८३/०५/१० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहनुभएका नेपाली तथा विदेशी नागरिकका परिवारजनलाई जानकारी गराइन्छ। 🔹 DNA परीक्षणमार्फत फेला परेका शव वा शरीरका कुनै अंग/भागको पहिचान गर्न First Degree Relative (बाबु, आमा, छोरा वा छोरी) मध्ये कम्तीमा एक जनाको Fresh Blood Sample आवश्यक पर्नेछ। 🔹 नमुना संकलनका लागि २ प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, प्याथोलोजी ल्याब, काठमाडौं वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिनेछ। विदेशमा रहेका आफन्तका हकमा पनि बाबु, आमा, छोरा वा छोरीमध्ये एक जनाको विदेशमै DNA Profiling गरी Comparison का लागि DNA Profile को Softcopy नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सकिने छ। 📞 सम्पर्क अधिकृत: प्रहरी निरीक्षक शम्भुबहादुर के.सी. 📱 मोबाइल: ९८४१६१६०९५