Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार रु १० लाख पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ । त्यसैगरी, १५ जनाले जनही रु एक लाख ३३ हजार ३३४ प्राप्त गरेका छन् ।