Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

तराई र उपत्यकामा हुस्सु तथा तुवाँलो, हिमाली भेगमा आंशिक बदली

काठमाडौँ, मंसिर ४ देशमा हाल पश्चिमी वायुसँगै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागमा आंशिक बदली रहेको छ । यता तराईका विभिन्न क्षेत्र, उपत्यका तथा खोँचहरूमा भने हुस्सु र तुवाँलो लागेको छ, जसले बिहानको समयमा दैनिक जनजीवन तथा यात्रामा सामान्य प्रभाव पार्न सक्ने देखिएको छ । आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । त्यस्तै, आज राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । भोलि बिहानपख तराईका भूभाग, उपत्यका र खोँचका केही स्थानमा पुनः हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

तराई र उपत्यकामा हुस्सु तथा तुवाँलो, हिमाली भेगमा आंशिक बदली