Live Update

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननीय निशा मेहताज्यूसँग साउदी अरब अधिराज्यका राजदूत महामहिम Fahd Mohammad A. Mnikhr को शिष्टाचार भेट

आज मिति २०८३ असोज १ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननीय निशा मेहताज्यूसँग नेपालका लागि साउदी अरब अधिराज्यका राजदूत महामहिम Fahd Mohammad A. Mnikhr ले शिष्टाचार भेट गर्नुभएको छ। भेटका क्रममा नेपाल–साउदी अरब सम्बन्ध,आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रका सम्भावित सहयोगका विषयमा छलफल भएको छ। महामहिम राजदूतले भोटेकोशी बाढीबाट नेपालमा परेको क्षतिप्रति साउदी अरब सरकारको ऐक्यबद्धता व्यक्त गर्दै आवश्यक सहयोगका क्षेत्रलाई उच्च प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री मेहताज्यूले नेपाल र साउदी अरबबीचको सुमधुर सम्बन्ध तथा यस वर्ष मनाइँदै गरेको दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीलाई थप अर्थपूर्ण बनाउँदै जनस्तरमा समेत सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननीय निशा मेहताज्यूसँग साउदी अरब अधिराज्यका राजदूत महामहिम Fahd Mohammad A. Mnikhr को शिष्टाचार भेट