मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था एक दशकदेखि कायम राख्न सफल भएकोमा नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विशेष सम्मान
मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था एक दशकदेखि निरन्तर कायम राख्न सफल भएकोमा नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विशेष सम्मान प्रदान गरेको छ। डब्ल्यूएचओको ७९औँ दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिको बैठकका क्रममा प्राप्त उक्त सम्मानपत्र अतिरिक्त सचिव डा.संगीता कौशल मिश्राले माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ज्यूलाई हस्तान्तरण गर्नुभएको छ। बलियो राष्ट्रिय प्रतिबद्धता,प्रभावकारी खोप सेवा,सुरक्षित प्रसूति अभ्यास तथा मातृ-नवजात स्वास्थ्य सुरक्षाका क्षेत्रमा नेपालले गरेको निरन्तर प्रयासको कदरस्वरूप प्राप्त यो सम्मान नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा हासिल भएको महत्वपूर्ण उपलब्धिको अन्तर्राष्ट्रिय मान्यता हो।
