विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सरोकारवाला र सर्वसाधारणको लागि राय माग गरिएको सम्बन्धी सूचना प्रकाशन मितिः २०८३/८/९
नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान नियमावली, २०८३ मस्यौदा तयार गरिएको छ। प्रस्तुत मस्यौदा उपर सरोकारवाला तथा सर्वसाधारणहरुको रायको लागि प्रकाशन गरिएको हुँदा सो मस्यौदा उपर तपसिलमा उल्लिखित ढाँचा र Email: info@mosti.gov.np र m.secretariate@mosti.gov.np मार्फत ७ (सात) दिन भित्र आफ्नो राय तथा सुझाव/प्रतिक्रिया उपलव्ध गराइदिनु हुन सरोकारवाला सबै र सर्वसाधारण समक्ष सादर अनुरोध छ।
