२०८३ मंसिर ०९ गते बोलकबोल मार्फत विकास ऋणपत्र–२०८९ (NPDB06112089) (६ वर्षे) बिक्री खुला गरिने सम्बन्धी सूचना।
नेपाल सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत देहाय बमोजिमको विकास ऋणपत्र बोलकबोल प्रक्रियाद्वारा निष्कासन गरिने भएको हुँदा उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले तल उल्लिखित मिति र समयभित्र बोलकबोल पेस गर्नुहुन अनुरोध छ। १. विशेषताहरू क) ऋणपत्रको नाम: विकास ऋणपत्र–२०८९ (NPDB06112089) (६ वर्षे) ख) निष्कासन हुने रकम: रु. १००० करोड (दश अर्ब मात्र) ग) ब्याजदर: बोलकबोलको माध्यमबाट निर्धारण हुने। घ) धितोको रूपमा प्रयोग हुने: यो ऋणपत्र धितो राखी कर्जा लिन/दिन पाइने। ङ) दोस्रो बजार कारोबार: नेपाल स्टक एक्सचेन्ज तथा DOMS बाट हुने। २. बोलकबोल, निष्कासन, साँवा तथा ब्याज भुक्तानी क) बोलकबोल मिति र समय: २०८३ मंसिर ०९ गते बुधबार बिहान ९:०० बजेदेखि अपराह्न २:०० बजेसम्म बोलकबोल हुने। ऋणपत्र खरिद गर्न चाहनेले उक्त समयभित्र यस कार्यालयको DOMS प्रणालीको URL https://doms.gov.np/csd/MainTree.do बाट बोलकबोल पेस गर्नुपर्नेछ। ख) निष्कासन मिति: २०८३ मंसिर १० गते बिहीबार। ग) साँवा भुक्तानी: २०८९ मंसिर १० गते। घ) ब्याज भुक्तानी: अर्धवार्षिक (आयकर लाग्ने)।
