South Asia Wildlife Enforcement Network (SAWEN) को पहिलो महासभा काठमाडौंमा सम्पन्न
दक्षिण एशियामा वन्यजन्तु अपराध नियन्त्रण र जैविक विविधताको संरक्षणका लागि क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण उपलब्धिसहित South Asia Wildlife Enforcement Network (SAWEN) को पहिलो महासभा काठमाडौंमा सम्पन्न भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको सभापतित्वमा सम्पन्न भएको महासभाले ‘Kathmandu Declaration’ तथा SAWEN Implementation Plan 2026–2030 सहित विभिन्न महत्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ।
