Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

देशभर मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले देशका विभिन्न भूभागमा बादलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले आज दिउँसो र राति देशभर साधारणतया बदलीको अवस्था रहनेछ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यसैगरी मधेश प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरी चल्नसक्ने पूर्वानुमान गरिएको छ। देशका बाँकी हिमाली, पहाडी तथा तराईका धेरैजसो स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको योग रहेको छ। मौसमविद्हरूले भारी वर्षा र हावाहुरीको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।

देशभर मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना