प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त
भारतको दुई दिने राजकीय भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। सो क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै गान्धीको जीवन, आदर्श र अतुलनीय योगदानप्रति उच्च सम्मान प्रकट गर्नुभयो। उहाँले सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रतिको दृढ प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा सम्माननीय प्रधानमन्त्री शाह भारत भ्रमणमा पुग्नु भएको हो।
