Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना; तराईमा हुस्सु लाग्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही उच्च पहाडी तथा हिमाली भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ। ​महाशाखाले जारी गरेको पछिल्लो मौसम विवरणअनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ। ​त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राति तथा बिहानको समयमा तराईका भू–भाग, उपत्यका तथा नदी खोँचहरूमा केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले जनजीवन, स्वास्थ्य तथा यातायात आवागमनमा सामान्य असर पर्न सक्ने तर्फ सचेत रहन महाशाखाले अनुरोध गरेको छ। ​यसैगरी, रातिको समयमा समेत कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना कायम रहेको छ। ​मौसममा आउने बदलाव र त्यसबाट पर्ने प्रभावबारे अद्यावधिक रहन मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ। ​स्रोतः मौसम पूर्वानुमान महाशाखा

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना; तराईमा हुस्सु लाग्ने