माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूसँग जनवादी गणतन्त्र चीनका राजदुत HE. Mr. Zhang Maoming द्धारा शिष्टाचार भेट
आज मिति २०८३ साल असोज २ गते नेपाल सम्बत ११४६ ञलाथ्वः सप्तमी शुक्रबार (तदनुसार सन September 18, 2026)का दिन रसुवा बाढी पीडितको खोज उद्दारका लागि नेपाल आएका ९ जना चिनियाँ टनेल उद्धार टोलीका साथ नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदुत HE. Mr. Zhang Maoming ले मन्त्रालयमा माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूसँग शिष्टाचार भेट गरी टनेल उद्दारका लागि नेपाल सरकारलाई उपलब्ध गराइएको राहत सामग्रीको सूची हस्तान्तरण गर्नुभयो । उक्त भेटमा माननीय मन्त्रीज्यूले जनवादी गणतन्त्र चीन सरकारबाट नेपाललाई प्राप्त सबै सहयोग प्रति महामहिम राजदूतमार्फत धन्यवाद ज्ञापन गर्दै टनेल उद्दार टोलीलाई खादा ओढाएर धन्यवाद ज्ञापन सहित विदाई गर्नुभयो।
